स्ववियु निर्वाचन ५ चैतमा हुने

काठमाडाैं | पुस २१, २०७९

स्ववियु निर्वाचन ५ चैतमा हुने

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत ५ गते हुने भएको छ ।


 त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले स्ववियु चुनाव चैत ५ गते गर्ने निर्णय गरेको हो ।  अब उक्त मिति त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गर्नेछ । शुक्रबार बस्ने त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गरेपछि त्रिविले स्ववियु कार्यतालिका सार्वजनिक गर्ने भएको छ ।


यसअघि चैत २८ गते गर्ने गरी सहमति जनाइएको थियो । तर, लगातार ३४ दिन विदा भएको ५ गते गर्ने गरी सिफारिस गरेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारीले जानकारी दिए ।  त्रिवि कार्यकारी परिषद् बैठकले उक्त मिति अनुमोदन गरेपछि कार्यान्वयनमा आउने र सोही आधार चुनावी कार्यतालिका सार्वजनिक गरिने उनको भनाई छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्